दुई सचिवको सरुवा, सरकारको प्रवक्तामा शर्मा

ऊर्जा मन्त्रालयको कार्यभार राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री समेत रहेका राजेन्द्र लिङ्देनले हिजोमात्रै सम्हालेका थिए । यस्तै, सरकारले सबै मन्त्रालयलाई ७ दिनभित्र कार्ययोजना बनाएर प्रस्तुत गर्नुपर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

दुई सचिवको सरुवा, सरकारको प्रवक्तामा शर्मा
काठमाडौं। सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरेको छ । यस्तै, भौतिक पूर्वाधारका सचिव गोपालप्रसाद सिग्देललाई ऊर्जा मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ। उनले ऊर्जा मन्त्रालयअन्तर्गत सिंचाइ क्षेत्र हेर्ने छन् । ऊर्जा मन्त्रालयको कार्यभार राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री समेत रहेका राजेन्द्र लिङ्देनले हिजोमात्रै सम्हालेका थिए । यस्तै, सरकारले सबै मन्त्रालयलाई ७ दिनभित्र कार्ययोजना बनाएर प्रस्तुत गर्नुपर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले न्यूनतम कार्यक्रमलाई कार्यान्वयन का लागि कार्ययोजना बनाउने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। त्यसैगरी, मन्त्रिपरिषद्ले सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री रेखा शर्मालाई दिएको छ।यस्तै सरकारको प्रवक्तामा सञ्चारमन्त्री रेखा शर्मा तोकिएकी छिन्।