काठमाडौं । काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबार दिउँसो संसद भवन गेट अगाडिबाट ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
उनीहरू धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरू रहेको खुलेको छ। उनीहरूलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।
संसद भवनअगाडी प्रदर्शन गर्ने सात जना पक्राउ
बिहीबार दिउँसो संसद भवन गेट अगाडिबाट ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।