धनगढी । कैलाली कारागारमा युवकको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३१ भदौमा शौचालयमा लडेको अवस्थामा भेटिएका घोडाघोडी नगरपालिका–४ का २२ वर्षीय दिपक विकको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।
उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले उनकी प्रेमिका भनिएकी १४ वर्षीया किशोरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले ती किशोरीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए । उनै किशोरीलाई जबरजस्ती करणी गरेको मुद्दामा दिपक पुर्पक्षका लागि कैलाली कारागार चलान भएर बन्दी जीवन बिताइरहेका थिए ।
कतिपयले विकको कारागारभित्र कुटपिट गरेर हत्या भएको दाबी गरेपनि घटनाको वास्तविकता भने फरक रहेको प्रहरीको भनाइ छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले प्रारम्भिक अनुसन्धानका क्रममा विकको सलपास नामक विषादी सेवनबाट मृत्यु भएको देखिएको बताए । उक्त विषादी प्रेमिकामार्फत नै विकको हातमा पुगेको अनुसन्धानका क्रममा देखिएको प्रहरीको भनाइ छ ।
कारागारमा रहेका युवकलाई जब प्रेमिकाले विषादी पठाइन्
कतिपयले विकको कारागारभित्र कुटपिट गरेर हत्या भएको दाबी गरेपनि घटनाको वास्तविकता भने फरक रहेको प्रहरीको भनाइ छ ।

