सिटी एक्सप्रेसको दशैं तिहार योजना: '१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा'

यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।

सिटी एक्सप्रेसको दशैं तिहार योजना: '१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा'
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठ्लाई लक्षित योजना सार्वजनिक गरेको छ । १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने “१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा” उपहार योजना घोषणा गरेको हो । उक्त कार्यक्रममा चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिती रहेको थियो । सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टि भी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको छ । कम्पनीका अनुसार यस “१८औं वर्षमा १८ गुणा , परिवार मा खुशी लाखौ गुणौं” अफर असोज १ देखि मङ्सिर ३० गतेसम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।