बैंकहरूमा आजदेखि नयाँ ब्याजदर लागू, कसको कति ?

भदौको तुलनामा बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । असोजमा बैंकहरूको ब्याजदर औसतमा ०.१४ प्रतिशतले घटेको छ ।

बैंकहरूमा आजदेखि नयाँ ब्याजदर लागू, कसको कति ?
काठमाडौं । बैंकहरूले आजदेखि नयाँ ब्याजदर लागू गरेका छन् । सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर लागू गरेका हुन् । भदौको तुलनामा बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । असोजमा बैंकहरूको ब्याजदर औसतमा ०.१४ प्रतिशतले घटेको छ । नयाँ ब्याजदरअनुसार व्यक्तिगततर्फको मुद्दती निक्षेपको ब्याजदर औसत ६.३८ प्रतिशत कायम भएको छ । जुन भदौ महिनामा औसत ६.५२ प्रतिशत थियो । असोजमा १० वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् भने, ८ वटा वाणिज्य भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन् । त्यस्तै, दुई बैंकले मात्रै ब्याजदर बढाएका छन् । नेपाल बैंक र कृषि विकास बैंकले मात्रै भदौ महिनाको तुलनामा असोजका लागि ब्याजदर बढाएका छन् । त्यस्तै, सिटिजन्स बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, प्राइम बैंक, राष्ट्रिय वाणिज्य बैंक र सानिमा बैंकले ब्याजदर घटाएका छन् ।