दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती प्रदेश को बा २० च ७२६६ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटना हुँदा गौरीशंकर गाउँपालिक-३ की ७५ वर्षीय काली शेर्पा र सोही ठाउँ बस्ने ६० वर्षीय पसी शेर्पाको मृत्यु भएको हो ।

दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गौरीशंकर गाउँपालिका– ४ झ्याकुमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । बागमती प्रदेश को बा २० च ७२६६ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटना हुँदा गौरीशंकर गाउँपालिक-३ की ७५ वर्षीय काली शेर्पा र सोही ठाउँ बस्ने ६० वर्षीय पसी शेर्पाको मृत्यु भएको हो । दुर्घटनामा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सत्रुधनप्रसाद महतोले बताएका छन् ।उनीहरुको रोल्वालिङ सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा सोही ठाउँ बस्ने चालक ३५ वर्षीय मिङमार तामाङ, बोलेरोमा सवार ३५ वर्षीय निङमा शेर्पा, ६५ वर्षीय अनसु शेर्पा र २२ वर्षी डोम्म शेर्पा घाइते भएका छन् । उनीहरूको उपचारका लागि सिंगटी प्राथमिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।