काठमाडौं । मदन भण्डारी कलेज पछाडिको पुलबाट खोलामा खसेको ट्याक्सी बगाएको छ । उक्त ट्याक्सीलाई धोबीखोलामा आएको बाढीले बगाएको हो ।
उक्त ट्याक्सीको नम्बर खुलेको छैन । खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यसैबीच काठमाडौंका कपन, पानीपोखरी, सुन्दरीजल, बूढानीलकण्ठ, बबरमहल र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पछिल्लो एक घण्टामा उपत्यकामा भारी वर्षा भइरहेको र थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्क रहन समेत विभागले आग्रह गरेको छ।
विभागले वागमती, धोबीखोला, विष्णुमती नदीमा बहाव बढ्ने सम्भावना रहेकाले नदीको तटीय क्षेत्रमा सोमबार बिहानसम्मै सतर्क रहन आग्रह गरेको छ ।
धोबी खोलाले ट्याक्सी बगायो
मदन भण्डारी कलेज पछाडिको पुलबाट खोलामा खसेको ट्याक्सी बगाएको छ । उक्त ट्याक्सीलाई धोबीखोलामा आएको बाढीले बगाएको हो ।

