डिजेल, पेट्रोलको मूल्य घट्यो

घटेको मूल्य भदौ ३१ गते विहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलमा प्रतिलिटर १६३ रुपैयाँ तथा डिजेल र मट्टितेल १५४ रुपैयाँ पुगेको छ।

डिजेल, पेट्रोलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आइतबार विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ५ रुपैयाँ घटाएको हो। घटेको मूल्य भदौ ३१ गते विहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलमा प्रतिलिटर १६३ रुपैयाँ तथा डिजेल र मट्टितेल १५४ रुपैयाँ पुगेको छ।