घुससहित पक्राउ परेका इन्सपेक्टरविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचार मुद्दा

सुवेदीले साइबर अपराध मुद्दाका आरोपीको मुद्दा मिलाइदिन्छु भनेर घुस लिएको अख्तियारको आरोप छ । उनी ९९ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

घुससहित पक्राउ परेका इन्सपेक्टरविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक (इन्सपेक्टर) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले इन्सपेक्टर बुद्धिप्रसाद सुवेदीविरुद्ध बिहीवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । सुवेदीले साइबर अपराध मुद्दाका आरोपीको मुद्दा मिलाइदिन्छु भनेर घुस लिएको अख्तियारको आरोप छ । उनी ९९ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।