काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेकपा माओवादीले गरेको सशस्त्र संघर्षलाई हिंसाको संज्ञा दिएपछि अवरुद्ध बनेको सदन खुलाउन सभामुख देवराज घिमिरेले पहल थालेका छन् ।
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्नुअघिनै सहमति जुटाउन घिमिरेले सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेससहित माओवादी केन्द्र, रास्वपा र राप्रपाका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्न लागेका हुन् । घिमिरेले डाकेको बैठक ११ बजेपछि सिंहदरबारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।
सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले भदौ १२ गते प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियमापत्तिको निर्णय गरेका थिए । निर्णयमा असहमति जनाउँदै संसद अवरोध भएको थियो ।
माओवादीले संसदको रेकर्डबाट उक्त शब्द नहटाएसम्म संसद अवरोध गर्ने चेतावनी दिएपछि सभामुखले राष्ट्रिय दलहरूको बैठक बोलाएका हुन् ।
माओवादीको चेतावनीपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेकपा माओवादीले गरेको सशस्त्र संघर्षलाई हिंसाको संज्ञा दिएपछि अवरुद्ध बनेको सदन खुलाउन सभामुख देवराज घिमिरेले पहल थालेका छन् ।

