आफ्नै घरले च्यापेर बेगबहादुरको मृत्यु, ११ जना घाइते (नाम र अवस्थाकाे विवरण)

नयाँ घर बनाउन पुरानो घर भत्काउने क्रममा च्यापिएर ढोरपाटन नगरपालिका-१ स्वामीचोकका ५५ वर्षीया घरधनी एवम् डिआरपी कन्स्ट्रक्सन प्रालिका सञ्चालक बेगबहादुर विकको मृत्यु भएको हो ।

आफ्नै घरले च्यापेर बेगबहादुरको मृत्यु, ११ जना घाइते (नाम र अवस्थाकाे विवरण)
काठमाडौं । बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर घरधनीको मृत्यु भएको छ । नयाँ घर बनाउन पुरानो घर भत्काउने क्रममा च्यापिएर ढोरपाटन नगरपालिका-१ स्वामीचोकका ५५ वर्षीया घरधनी एवम् डिआरपी कन्स्ट्रक्सन प्रालिका सञ्चालक बेगबहादुर विकको मृत्यु भएको हो । शनिबार २:३० बजे घर भत्काउने क्रममा घरको गाह्रोले च्यापिएर अन्य ११ जना मजदुर पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताव पौडेलले जानकारी दिए । उनका अनुसार विकले पुरानो घर भत्काएर नयाँ घर बनाउन लागेका थिए । घाइतेहरूकाे बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे छ । मृतक र घाइतेहरुको विवरण १. जिल्ला बागलुङ ढोरपाटन-१ बस्ने ५५ वर्षीय बेगबहादुर विक (मृतक) घाइतेहरू २.जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका-९ बस्ने २६ वर्षीय शंकर पन्थी (सामान्य) ३.जिल्ला काठमाडाैं-१० बस्ने २४ वर्षीय सुगान्त पौडेल (सामान्य) ४.जिल्ला बागलुङ ढोरपाटन-४ बस्ने ३४ वर्षीय खडकप्रसाद विक (टाउकोमा चोट अवस्था मध्यम) ५.ऐ.ऐ बस्ने २० वर्षीय ईन्द्र रसाईली (सामान्य) ६. ऐ.ऐ. बस्ने ४० वर्षीया कोपिला छन्त्याल (निधारमा चोट) ७.ऐ.ऐ. बस्ने ५० वर्षीय शुभ बुढामगर (निधार, चिउडोमा चोट) ८.ऐ.ऐ. बस्ने ४० वर्षीया देविसरा वि.क(सामान) ९. ऐ.ऐ. बस्ने ३० वर्षीया किथमकुमारी वि.क (सामान्य) १०.ऐ.ऐ. तमानखोला-१ बस्ने ३८ वर्षीया किखमाया घर्ति (सामान्य) ११.ऐ.ऐ. बस्ने ३५ वर्षीय टेकबहादुर विक (सामान्य) १२.ऐ.ऐ. बस्ने ५१ वर्षीया टेकमाया रसाईली (सामान्य)