पल शाहलाई बलात्कार मुद्दामा अदालतले दियो सफाइ

पलविरुद्ध एक नाबालिग गायिकाले बलात्कारको उजुरी दिएकी थिइन् । सोही प्रकरणमा जिल्ला अदालत नवलपुर र तनहुँमा पलविरुद्ध मुद्दा चलेको थियो ।

पल शाहलाई बलात्कार मुद्दामा अदालतले दियो सफाइ
काठमाडौं । बलात्कार मुद्दामा अभिनेता पह शाहले तनहुँ जि बल्ला अदालतबाट सफाइ पाएका छन् । पलविरुद्ध एक नाबालिग गायिकाले बलात्कारको उजुरी दिएकी थिइन् । सोही प्रकरणमा जिल्ला अदालत नवलपुर र तनहुँमा पलविरुद्ध मुद्दा चलेको थियो । नवलपुरबाट यौन दुव्र्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्षको जेल सजाय तथा १० लाख जरिवाना सुनाइसकेको छ । तनहुँबाट सफाइ पाएपनि उनी तत्काल थुनामुक्त भने हुने छैनन् । नवलपुर जिल्ला अदालतले सुनाएको साढे २ वर्ष कैद सजाय काटेपछि मात्रै उनी जेल मुक्त हुनेछन् । शाह करीब १० महिनायता थुनामा छन् ।