गलकोट जिप दुर्घटना : मृतक तीन जनाकै सनाखत

बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा पिकअप जिप दुर्घटनामा मृत्युहुने तीन जनाकै सनाखत भएको छ । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको जिप मध्यपहाडी लोकमार्गबाट ३०० मिटर तल खसेको थियो ।

गलकोट जिप दुर्घटना : मृतक तीन जनाकै सनाखत
बागलुङ । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा पिकअप जिप दुर्घटनामा मृत्युहुने तीन जनाकै सनाखत भएको छ । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको जिप मध्यपहाडी लोकमार्गबाट ३०० मिटर तल खसेको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा पुथा उत्तरगंगा गाउँपालिका रुकुम पूर्वका गाउँपालिका उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढा, उनीकी ६१ वर्षीया आमा गोपीमाया बुढा र सोही गाउँपालिका–२ का वडा अध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका इनिस्पेक्टर प्रताप पौडेलले जानकारी दिए । यस्तै जिप चालक रुकुम पूर्व भुमी गाउँपालिका–३ निवासी २९ वर्षीय प्रेमबहादुर पुन गम्भिर घाइते छन् । उनको टाउकोमा गम्भिर चोट लागेपछि धौलागिरि अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ । शुक्रबार विहान ९ बजे रा १ झ २०० नम्बर को पिकअप जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो ।