बागलुङ जिप दुर्घटनामा पुथा गाउँपालिका उपाध्यक्ष बुढाको मृत्यु

रा १ झ २०० नम्बरको सरकारी गाडी दुर्घटना हुँदा उपाध्यक्ष बढासहित तीन जनाको निधन भएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए।

बागलुङ जिप दुर्घटनामा पुथा गाउँपालिका उपाध्यक्ष बुढाको मृत्यु
काठमाडौं । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परेर रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भपुेन्द्र बुढासहित तीनजनाको निधन भएको छ। रा १ झ २०० नम्बरको सरकारी गाडी दुर्घटना हुँदा उपाध्यक्ष बढासहित तीन जनाको निधन भएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए। गाडी काठमाडौंदेखि रुकुम पूर्व जाँदै गरेको अवस्थामा बागलुङमा दुर्घटनामा परेको थियो। सोही दुर्घटनामा परेर अर्की एकजना महिला घाइते भएकी छिन्। घाइते महिलालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ। दुर्घटना स्थलमा उनको परिचयपत्र समेत भेटिएको उनले बताए। बागलुङको गलकोटतर्फ जाँदै गइरहेको जिप दुर्घटनामा परेको हो। उपाध्यक्ष बुढा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन्।