बागलुङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

शुक्रबार बिहान बागलुङबाट गलकोटको जाँदै गरेको रा १ ज २०० नम्बरको जिप गलकोट नगरपालिका २ भुङ्खानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बागलुङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
काठमाडाैं । बागलुङको गलकोटमा जिप दुर्घटना भएको छ । शुक्रबार बिहान बागलुङबाट गलकोट जाँदै गरेको रा १ झ २०० नम्बरको जिप गलकोट नगरपालिका-२ भुङ्खानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी ऋषिराम कँडेलका अनुसार २ जना महिला र एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ । साथै एक जना घाइते भएका छन् ।