काठमाडौं । नेपाल प्रहरीले दुई पदमा भर्ना खुला गरेको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक ६४ र प्रहरी सहायक निरीक्षक २५६ जना माग गरेको हो ।
खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गरिने दुई पदका लागि भदौ ३० गतेदेखि असोज ३० गतेभित्र आवेदन दिन सकिनेछ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारहरुले अनलाइनमार्फत फारम भरेर तोकिएको स्थानमा बुझाउन सक्ने शुक्रबार जारी सूचनामा उल्लेख छ ।


