कलाकार रजनी गुरूङले ल्याइन 'साँच्चै भन त' (भिडियो)

गीतमा खेम सेञ्चुरी र मेलिना राईको स्वर छ । शब्द, संगीत शिव हमालको रहेको छ । भिडिमा रजनीसहित पल शाह र विजय पुनको अभिनय रहेको छ । भिडियो मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा बनेको हो ।

कलाकार रजनी गुरूङले ल्याइन 'साँच्चै भन त' (भिडियो)
काठमाडौं । अभिनेत्री तथा मोडल रजनी गुरूङको 'साँच्चै भन त' बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । बुधबार उक्त भिडियो उनले मंगली उपनामले समेत चिनिने आफ्नै युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरेकी हुन् । गीतमा खेम सेञ्चुरी र मेलिना राईको स्वर छ । शब्द, संगीत शिव हमालको रहेको छ । भिडिमा रजनीसहित पल शाह र विजय पुनको अभिनय रहेको छ । भिडियो मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा बनेको हो । रजनीले केही फिल्म र थुप्रै म्युजिक भिडिओमा अभिनयसमेत गरेकी छन्। 'टलकजंग भर्सेस टुल्के, मट्टीमाला, साली कसको भेनाको, महाजात्रा' इत्यादि उनी अभिनित फिल्महरू हुन्। कहाँको साइनो, सोल्टी बजारु आदि उनी अभिनीत चर्चित गीतमा पर्छन्। मंगली उपनाम भने उनले हास्य सिरियल 'मेरी बास्सै'बाट पाएकी हुन्। यो सिरियलमा बुद्धि तामाङ हैटको जोडीका रूपमा रजनीले मंगलीको भूमिका निभाएकी छन् । आफ्नो प्रस्तुतिमा पहिलो पटक गीत ल्याएकी उनले यसमा भरपूर मेहनत गरिएको बताइन्। 'यो फरक शैलीको तर मौलिक गीत हो,' उनले भनिन् 'दर्शकहरूले रूचाउने विश्वास छ।' कलाकारीताको लामो यात्रमा मंगली बनेर दर्शकहरूको मन जित्ने कोसिस गरिरहेको उनको भनाइ छ । रजनीले यसअघि पनि ’माइली साली’ सोल्टी बजारमा 'माली गाई लाई बाटेको दाम्ला' बोलको गीतमा अभिनय गरिसकेकी छन् । https://youtu.be/xVxwe6htw-A