काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा साँझ ६:३० बजे बैठक बस्ने तय भएको छ।
आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै केही सहसचिवको सरुवा गर्न सकिने सम्भावना पनि रहेको छ।
सरकारी स्रोतले आजको बैठकपछि केही महत्वपूर्ण निर्णयहरू सार्वजनिक हुन सक्ने जानकारी दिएको छ।
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै केही सहसचिवको सरुवा गर्न सकिने सम्भावना पनि रहेको छ।