क्यानडा पठाउने भन्दै एक करोड ६५ लाख ठगेको आरोपमा पक्राउ

शिवराम थापासहित ८ जनालाई क्यानडा पठाउने भन्दै प्रतिव्यक्ति ३५ लाख रकम बुझाउनुपर्छ र मासिक ४ लाख तलब हुन्छ भनेर विश्वास दिलाएर प्रलोभनमा पारेको प्रहरीले जनाएको छ।

क्यानडा पठाउने भन्दै एक करोड ६५ लाख ठगेको आरोपमा पक्राउ
काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै एक करोड ६५ लाख रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए। रोल्पा घर भई काठमाडौंको कलंकी बस्ने २९ वर्षीय रणबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको हो। शिवराम थापासहित ८ जनालाई क्यानडा पठाउने भन्दै प्रतिव्यक्ति ३५ लाख रकम बुझाउनुपर्छ र मासिक ४ लाख तलब हुन्छ भनेर विश्वास दिलाएर प्रलोभनमा पारेको प्रहरीले जनाएको छ। यसरी पीडितहरूबाट पटकपटक गरी एक करोड ६५ लाख रकम लिएर सम्पर्कबिहिन भएको उजुरी पछि प्रहरीले उनलाई काठमाडौंको बनस्थलीबाट पक्राउ गरेको हो। थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचलमा पठाइएको छ।