काठमाडौं । घरायसी विवादका क्रममा आफ्नै श्रीमतीमाथि खुर्पा प्रहार गरेर हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
आफ्नै श्रीमती ४० वर्षीया लक्ष्मी राईको हत्या गरेको अभियोगमा निजगढ नगरपालिका-९ भमरा टोल बस्ने ४५ वर्षीय विमलकुमार बस्नेत मंगलबार पक्राउ परेका हुन् ।
बिमलको खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी लक्ष्मीलाई उपचारका लागि सुरुमा सामुदायिक प्रसूतिगृह अस्पताल निजगढ पुर्याइएको थियो । त्यहाँ उपचार नभएपछि उनलाई नेशनल मेडिकल कलेज वीरगन्जमा थप उपचारका लागि लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
झगडा छुट्याउने क्रममा उनका दुई छोरी घाइते भएका छन् । घाइतेमध्ये १८ वर्षीया छोरी गंगा राईलाई थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौं रिफर गरिएको छ भने १५ वर्षीया छोरी जमुना राईको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको छ ।
घटनाबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी टोली खटिएको थियो । टोलीले बस्नेतलाई मंगलबार साँझ पक्राउ गरेको हो ।
खुर्पा प्रहार गरेर श्रीमतीको हत्या, दुई छोरी घाइते
आफ्नै श्रीमती ४० वर्षीया लक्ष्मी राईको हत्या गरेको अभियोगमा निजगढ नगरपालिका-९ भमरा टोल बस्ने ४५ वर्षीय विमलकुमार बस्नेत मंगलबार पक्राउ परेका हुन् ।

