काठमाडौं । नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरुको सरुवा भएको छ। गृहमन्त्रीले बुधबार मधेश प्रदेशका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलसहित तीन जनालाई सरुवा गरेका हुन्।
पोखरेललाई प्रदेश प्रमुखबाट हटाइएको छ। उनलाई प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ। पछिल्लो समय उनी आर्थिक अपचलनको विवादमा तानिएका थिए।
प्रहरी महानिरषिक बसन्त कुँवरले सार्वजनिक कार्यक्रममै एक डीआईजी कारबाहीमा पर्न लागेको बताएका थिए। मधेश प्रदेशका केही घुमुवाहरुलाई यसअघि नै प्रहरी प्रधान कार्यालय तानेर छानविन भइरहेको थियो।
गृहमन्त्रालयले डीआईजीलाई पनि हेडक्वार्टर तानेको हो। उनको खातामा शंकास्पद कारोबार देखिएको स्रोतको दाबी छ।
पोखरेललाई सरुवा गरेर लालमणि आचार्यलाई मधेश प्रदेश प्रमुखको जिम्मा दिइएको छ। यस्तै डीआईजी राजेशनाथ बास्तोला पनि सरुवा भएका छन्। बास्तोलालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ।
डीआईजी आचार्यलाई यसअघिका गृहमन्त्री रबि लामिछानेले ५ महिनामै प्रदेश प्रमुखबाट हटाएका थिए। उनी यसअघि कर्णाली प्रदेश प्रमुख थिए। तर उनलाई ५ महिनामै सरुवा गरेर प्रदेश प्रमुखको जिम्मा अर्जुन चन्द ठकुरीलाई दिइएको थियो।
रमेश लेखकले उनलाई महत्वपुर्ण मानिने मधेस प्रदेश प्रमुखको जिम्मा दिएका हुन्।
नेपाल प्रहरीका तीन डीआईजीको सरुवा, को-कहाँ ?