कांग्रेस पदाधिकारी बैठकले माग्यो उपसभामुखको राजीनामा

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले उपसभामुखमाथि गम्भीर प्रश्न उठेकोले तत्काल राजीनामा दिनु उपयुक्त हुने निर्णय गरेको हो ।

कांग्रेस पदाधिकारी बैठकले माग्यो उपसभामुखको राजीनामा
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा मागेको छ । नेपालीलाई अनधिकृत रूपमा अमेरिका लैजाने प्रकरणमा मुलुकको शिर निहुर्‍याउने काम गरेको भन्दै कांग्रेसले उपसभामुखको राजीनामा मागेको हो । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले उपसभामुखमाथि गम्भीर प्रश्न उठेकोले तत्काल राजीनामा दिनु उपयुक्त हुने निर्णय गरेको हो । उपसभामुख आफैंले राजीनामा नदिए कसरी अगाडि बढ्ने भन्नेबारे थप छलफल हुने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे बताए ।