काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दैछन्। सोमबार साँझ बसेको सत्ता साझेदार दलहरूको बैठकमा मन्त्रालय भागवण्डाको समति भएसँगै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, ४ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। मााओवादीबाट प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीमा नारायणकाजी श्रेष्ठ नियुक्त भइसकेका छन्।
यसबाहेक माओवादीलाई अब ३ मन्त्री र १ राज्यमन्त्री थपिने छन्। स्रोतका अनुसार संचार तथा प्रविधि मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र सामान्य प्रशासन मन्त्रालय माओवादीको भागमा परेको छ।
सञ्चार तथा प्रविधिमन्त्रीमा रेखा शर्मा र पर्यटनमन्त्रीमा सुदन किराँती र सामान्यमा अमनलाल मोदी हुने पक्का भएको माओवादीका एक नेताले जानकारी दिए । आजै दिउँसो १ बजे मन्त्रीहरूको शपथग्रहण कार्यक्रम रहेको छ। त्यसअघि माओवादी पदाधिकारी बैठक अहिले बालुवाटारमा जारी रहेको छ ।
रेखालाई सञ्चार, सुदनलाई पर्यटन र अमनलाललाई सामान्य मन्त्रालय