नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली सेवानिवृत्त

प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमका बीच ज्ञवालीलाई बिदाइ गरिएको हो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ज्ञवालीलाई फूलमाला लगाएर बिदाइ गरे ।

नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली सेवानिवृत्त
काठमाडौं । ​​नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली सेवानिवृत्त भएका छन् । प्रहरी नियमावली–२०७१ अनुसार एआईजीले ५६ वर्षको उमेरमा अवकाश पाउने प्रावधान अनुरूप ज्ञवालीले उमेरहदका कारण मंगलबार सेवानिवृत्त भएका हुन् । प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमका बीच ज्ञवालीलाई बिदाइ गरिएको हो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ज्ञवालीलाई फूलमाला लगाएर बिदाइ गरे । प्रदेश समन्वय विभागमा कार्यरत ज्ञवालीले प्रहरी सेवामा रहँदा जिल्ला प्रहरी परिसर काठमाडौं, उपत्यका प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो लगायत महत्त्वपूर्ण कार्यालयमा काम गरेका थिए ।