काठमाडौं । अनशन स्थलबाट जबरस्ती उठाइएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले घरमा बस्न अस्वीकार गरेका छन्।
अनशन बसेको स्थल देवकोटा चोकबाट उठाएर उनलाई प्रहरीले निजी निवास लगे पनि कार्कीले गैरकानुनी काम गरेको भए थुनामा राख्न अन्यथा अनशनमै बस्न दिन माग गरेका हुन्।
प्रहरीले घरमा लगेर छाड्न खोजे पनि उनी राति ९ बजेतिर निजी सवारी साधनमा अनशन स्थलमै फर्किएका छन्। तर पहिलाको अनशनस्थल भने प्रहरीले घेरा हालेको छ। ठूलो संख्यामा कार्कीका समर्थक पनि त्यहाँ पुगेका छन्। जसले गर्दा त्यहाँ फेरि झडपको सम्भावना देखिएको छ।
प्रहरीको भ्यानबाट आर्लिन अस्वीकार गरेका कार्कीले सञ्चार माध्यमसँग कुरा गर्दै भने, ‘म देवकोटा चोकमै छोड, नत्र प्रहरी भ्यानमै बस्छु। कानुन तोडेको भए कारबाही गर्नुहोस्। नत्र देवकोटा चोकमै लगेर छाड्नुहोस्।’
उनले मुख्यमन्त्री हिक्मत कार्कीको रबैया ठीक नभएको बताए। उनले भने, ‘उहाँलाई ठोक्न कुट्न मात्रै आउँछ। जनताको कुरा सुन्ने होइन। उहाँ वार्ता गर्ने खालको व्यक्ति होइन। उहाँ ठोक्ने मान्छे मार्ने व्यक्ति हुन्।’
पूर्वमुख्यमन्त्री कार्कीले सरकार र प्रहरीको व्यवाहारले जनतालाई भड्काउने काम गरेको आरोप लगाए।
जबरजस्ती उठाइएका पूर्वमुख्यमन्त्री कार्की फेरि अनशन स्थलमै फर्किए
अनशन बसेको स्थल देवकोटा चोकबाट उठाएर उनलाई प्रहरीले निजी निवास लगे पनि कार्कीले गैरकानुनी काम गरेको भए थुनामा राख्न अन्यथा अनशनमै बस्न दिन माग गरेका हुन्।

