काठमाडौं । सत्ता गठबन्धनको बैठकमा संविधान संशोधनबारे छलफलले प्रवेश पाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विषयमा गृहकार्य गर्ने प्रस्ताव राखेका हुन्।
सत्ता गठबन्धनभित्र संविधान संशोधनका विषयमा फरकफरक धारणा छन्। यसमा एकरूपता कायम गर्ने विषयमा विभिन्न दलका नेताहरूले धारणा राखेको र थप छलफल अर्को बैठकमा गर्ने समझदारी बनेको बैठकमा सहभागी जसपा नेता मोहम्मत इस्तियाक राईले जानकारी दिए।
नेपाली कांग्रेस र नेकपा एमालेबीच सातबुँदे सहमतिमा राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने विषय पनि राखिएको थियो। कांग्रेस–एमाले गठबन्धनको मुख्य राजनीतिक आधार पनि यसैलाई बनाइएको थियो। तर, सरकार बनेको दुई महिना बित्न लाग्दासम्म गठबन्धनमा यसबारे थप छलफल र गृहकार्य गरिएको थिएन।
सत्ता गठबन्धनको बैठक सकियो, के-के भयो छलफल ?
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विषयमा गृहकार्य गर्ने प्रस्ताव राखेका हुन्।