बुटवल । लुम्बिनी प्रदेश सांसद धनबहादुर केसी रिहा भएका छन्। आइतबार जिल्ला अदालत, रुकुममा आत्मसमर्पण गरेका सांसद केसी आफ्नो कैदबापतको रकम तिरेर रिहा भएका हुन्।
श्रीमतीसँगको अंश मुद्दामा दोषी ठहर गर्दै सांसद केसीलाई रुकुम जिल्ला अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। सो मुद्दामा कैद सजाय पूरा नगरी प्रहरीको फरा सूचीमा थिए।
फौजदारी अपराधसंहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ तिरेर उनी सोमबार रिहा भएका हुन्।
अदालतको फैसलापछि पनि सजाय भुक्तान नगरेका केसी गत निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा (क) बाट निर्वाचित भएका थिए।
कैदबापतको रकम तिरेर छुटे लुम्बिनी प्रदेश सांसद केसी
श्रीमतीसँगको अंश मुद्दामा दोषी ठहर गर्दै सांसद केसीलाई रुकुम जिल्ला अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। सो मुद्दामा कैद सजाय पूरा नगरी प्रहरीको फरा सूचीमा थिए।