सुनको मूल्य फेरि बढ्‌यो

यसअघि आइतबार १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य फेरि बढ्‌यो
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेको हो । यसअघि आइतबार १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १७५५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।