उडेको ८ मिनेटमै श्रीएयरलाइन्सको जहाज आकस्मिक अवतरण

इन्डिकेटरमा समस्या देखिएकाले जहाज उडेको केहीबेरमै अवतरण गरिएको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए। उनले यात्रुलाई अर्को जहाजमा सुर्खेत पठाइएको बताए।

उडेको ८ मिनेटमै श्रीएयरलाइन्सको जहाज आकस्मिक अवतरण
काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। सोमबार बिहान ८ बजे सुर्खेतका लागि उडेको जहाज ८ मिनेटमै त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो। इन्डिकेटरमा समस्या देखिएकाले जहाज उडेको केहीबेरमै अवतरण गरिएको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए। उनले यात्रुलाई अर्को जहाजमा सुर्खेत पठाइएको बताए। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण नभई ‘डाइभर्ट’ भएको जानकारी दिएका छन्। ‘सोमबार बिहान काठमाडौंबाट सुर्खेतका लागि उडेको उक्त विमान ३० नटिकल माइल पुगेपछि पुनः विमानस्थलमै फर्काइएको छ,’ उनले भने, ‘ह्वील स्टेरिङ लक भएकाले विमान बीचबाटै फर्काइएको हो।’