न्यूनतम साझा कार्यक्रम तय गर्न चार सदस्यीय कार्यदल गठन

सरकारको न्यूनतम साझा कार्यक्रमबारे अन्य सत्तारुढ दलहरूसँग पनि छलफल गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यसका लागि आज सत्तारुढ दलहरूको बैठक बोलाइएको छ । उक्त बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

न्यूनतम साझा कार्यक्रम तय गर्न चार सदस्यीय कार्यदल गठन
काठमाडौं । सत्तारुढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसले सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न चार सदस्यीय कार्यदल गठन गरेका छन् । कार्यदलमा कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत तथा एमालेबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस एमालेका शीर्ष नेताको छलफलले कार्यदल बनाउने निर्णय गरेको हो । छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, एमाले महासचिव शंकर पोखरेल तथा परराष्ट्रमन्त्री डा. आरजु राणा सहभागी थिए । सरकारको न्यूनतम साझा कार्यक्रमबारे अन्य सत्तारुढ दलहरूसँग पनि छलफल गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यसका लागि आज सत्तारुढ दलहरूको बैठक बोलाइएको छ । उक्त बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । १७ असारमा कांग्रेस र एमालेबीच सहमति भएसँगै ओली प्रधानमन्त्री बनेका थिए । तर, अहिलेसम्म पनि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन सकेको थिएन । अहिले त्यसैलाई अघि बढाउन सत्तारुढ दलहरूले प्रयास गरेका हुन् ।