काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको छ ।
आजको बैठकमा कानुन, न्याय तथा मानवअधिकार समिति सभापति बिमला सुवेदीले राष्ट्रियसभामा उत्पत्ति भएको विधायन सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको नेपाल विश्वविद्यालय विधेयक २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव गर्नेछन् । मन्त्री भट्टराईले उक्त विधेयह पारित गरियोस् भन्ने प्रस्ताव पनि गर्नेछिन् ।



