काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले नयाँ मापदण्डअनुसार बनेका काठमाडौं महानगरअन्तर्गत पर्ने कुनै पनि घर नभत्किने स्पष्ट पारेका छन् । यस्ता घर भत्काउनै परे सरकारले मुअब्जा दिनुपर्ने उनको भनाइ छ ।
आइतवार सामाजिक सञ्जालमार्फत बालेनले गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गर्न आग्रह गरेका छन् । काठमाडौं उपत्यकाका नदी किनारामा थप २० मिटर मापदण्ड तोकिएको प्रकरणमा सङ्घीय सरकारले दोहोरो नीति लिएको उनको आरोप छ ।
‘निश्चिन्त रहनुहोस्, तपाईँको नयाँ मापदण्डअन्तर्गत पर्ने घर कुनै भत्किने छैन । भत्काउनै परे सरकारले मुआब्जा दिनुपर्छ । ५० वर्ष पहिलेको तीनकुनेको मुआब्जा दिन नसक्ने सरकारले तपाईँलाई दिन नि सक्दैन र भत्काउन नि सक्दैन । तपाईँका लागि हामी छँदैछौँ,’ उनले फेसबूकमा लेखेका छन्, ‘खोलाको मापदण्ड र कानून आफैँ बनाउने, आफैँ सहभागी भएको परिषददेखि न्यायाधीश आउने । सरकार आफ्नै । कानून बनाउने र संशोधन गर्ने अधिकार आफ्नै । अनि, भएको कानून र फैसलालाई कार्यान्वयन गर्दा दोष जति काठमाडौं महानगरलाई ? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ ।’
नदी किनाराका बासिन्दालाई बालेनले भने– नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै पनि घर भत्किने छैन
काठमाडौं उपत्यकाका नदी किनारामा थप २० मिटर मापदण्ड तोकिएको प्रकरणमा सङ्घीय सरकारले दोहोरो नीति लिएको उनको आरोप छ ।

