जाजरकोटमा पहिरोः वडा सदस्य र उनका श्रीमान् पुरिए

शनिवार राति २ बजे बारेकोट–६ धुमामा खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले जानकारी दिए ।

जाजरकोटमा पहिरोः वडा सदस्य र उनका श्रीमान् पुरिए
फाइल तस्बिर जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पहिरोमा पुरिएका छन् । शनिवार राति २ बजे बारेकोट–६ धुमामा खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले जानकारी दिए । पुरिएका चलाउने दम्पतीको खोजी तथा उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प्राप्त नभएको उनले बताए ।