यी प्रदेशमा भारी वर्षाको अनुमान

आइतबार बिहानको मौसम देशभर आंशिकद‍ेखि साधारणतया बदली रहेको र गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

यी प्रदेशमा भारी वर्षाको अनुमान
काठमाडौं । मनसुनी वायुको प्रभाव देशभर छ। मनसुनको न्यूनचापीय रेखा आइतबार सरदर स्थानको दक्षिणतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार बिहानको मौसम देशभर आंशिकद‍ेखि साधारणतया बदली रहेको र गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा दिउँसो भारी वर्षा हुने पूर्वानुमान पनि महाशाखाले गरेको छ। आइतबार राति पनि देशभर आंशिक‍देखि साधारणतया बदली रहने छ। राति कोशी प्रदेशको केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ।