यी पाँच प्रदेशमा भारी वर्षाको अनुमान

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागको एक(दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान पनि महाशाखाले गरेको छ।

यी पाँच प्रदेशमा भारी वर्षाको अनुमान
काठमाडौं । हाल देभर मनसुनी वायुको प्रभाव रहेको छ । जलतथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वीतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । मनसुनी वायुको प्रभावले आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ। शनिबार दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको प्रक्षेपण छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागको एक(दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान पनि महाशाखाले गरेको छ। शनिबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्‍सहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती र कर्णाली प्रदेशको एक-दुई स्थानमा राति पनि भारी वर्षा हुने पूर्वानुमान छ।