काठमाडौं । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईलाई पक्राउ गरिदिन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)लाई फेरि पत्राचार गरेको छ ।
काठमाडौंस्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)मार्फत इन्टरपोल महासचिवालयमा दोस्रो पटक पत्राचार गरिएको प्रहरीले जनाएको छ ।
जीबी मलेसियामा लोकेट भएपछि उनीविरुद्ध २०८० माघ १३ मा जारी गरिएको डिफ्युजन नोटिस ‘रेड नोटिस’मा परिवर्तन गरिएको छ । तर, रेड नोटिस जारी भएपनि मलेसियाले उनलाई पक्राउ गरेर पठाइदिन आनाकानी गरेपछि पुनः इन्टरपोलमा पत्राचार गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
नेपाल प्रहरीका एकजना उच्च अधिकृत भन्छन्,‘नेपाल र मलेसियाको बिचमा भएका सन्धि–सम्झौताहरुसहित आवश्यक कागजातसहित पुनः पत्राचार गरिएको छ ।’
रेड नोटिस जारी भएसँगै इन्टरपोलले पक्राउ गरेर उनलाई डिपोर्ट गर्न सक्छ । तर, मलेसिया सरकारले उनलाई पक्राउ गर्न आनाकानी गरेको छ ।
जीबीको समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।
जीबी राईलाई पक्राउ गर्न 'ईन्टरपोल'लाई दोस्रो पत्र
रेड नोटिस जारी भएसँगै इन्टरपोलले पक्राउ गरेर उनलाई डिपोर्ट गर्न सक्छ । तर, मलेसिया सरकारले उनलाई पक्राउ गर्न आनाकानी गरेको छ ।

