फेसबूकले माफी माग्दै 'रिकभर' गरिदियो बालेनको पोस्ट

फेसबूकले बालेनसँग माफी माग्दै स्टाटस रिकभर गरिदिएको उनको सचिवालयले जनाएको छ । बालेनले पनि आफ्नो रिकभर भएको स्टाटसमा कमेन्ट गरेर यसको पुष्टि गरेका छन् ।

फेसबूकले माफी माग्दै 'रिकभर' गरिदियो बालेनको पोस्ट
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर (प्रमुख) बालेन्द्र शाहको फेसबूक पोस्ट रिकभर भएको छ । फेसबूकले हटाएको पोस्ट शुक्रवार उसैले पुनः रिकभर गरिदिएको हो । फेसबूकले बालेनसँग माफी माग्दै स्टाटस रिकभर गरिदिएको उनको सचिवालयले जनाएको छ । बालेनले पनि आफ्नो रिकभर भएको स्टाटसमा कमेन्ट गरेर यसको पुष्टि गरेका छन् । बालेनले नेकपा (एमाले)की प्रदेश सांसद रेखा शर्मामाथि बाल श्रम दुरुपयोगको आरोप लगाउँदै भदौ १६ गते एक स्टाटस लेखेका थिए । त्यसमा उनले शर्मालाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरेका छन् । साथै उनले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि कटाक्ष गरेका थिए । शर्माको तस्वीरसहित उनले गरेको पोस्ट दुई दिनपछि डिलिट भएको थियो ।