टेस्ला गाडीको शोरुममा आगलागी

आगो नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ । नेपालमा अरित इन्टरनेशनलले विद्युतीय गाडी टेस्ला बिक्री गर्दै आएको छ ।

टेस्ला गाडीको शोरुममा आगलागी
काठमाडौं । काठमाडौंको नक्सालस्थित टेस्लाको शोरुममा आगलागी भएको छ । शुक्रबार मध्याह्न देखि नक्सालमा रहेको टेस्ला गाडीको शोरुममा आगलागी भएको हो। सर्ट सर्किट भएर आगलागी भएको हुन सक्ने जनाइएको छ । आगलागीका कारण कार्यालय र स्पेयर पार्टहरु जलेका छन् । आगलागीबाट भवनको पहिलो र दोस्रो तलामा क्षति पुगे पनि गाडीमा भने क्षति हुन नपाएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ । नेपालमा अरित इन्टरनेशनलले विद्युतीय गाडी टेस्ला बिक्री गर्दै आएको छ ।