काठमाडौं । सरकारले गृह सचिवमा गोकर्णमणि दुवाडीलाई सरुवा गरेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारीको रूपमा रहेका दुवाडीलाई बिहीबार साँझ बसेको मन्त्रिपरषद् बैठकले गृहमा सरुवा गरेको हो ।
दुवाडीलाई गृह मन्त्रालयको सचिवमा सरुवा गरिएको एक मन्त्रीले जानकारी दिए । एकनारायण अर्याल मुख्यसचिव बनेपछि गृह मन्त्रालयको सचिव एक हप्तादेखि रिक्त थियो ।
यसअघि गृहमा जाने चर्चा प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुष्कर, राष्ट्रपति कार्यालयका सचिव नारायण शर्मा दुवाडी र सचिव विनोदप्रकाश सिंहको चर्चा थियो ।
मन्त्रिपरिषद्को बैठकमा गोकर्णमणी दुवाडीलाई नै पठाउन गृहमन्त्री रमेश लेखकको इच्छा देखिएपछि उनलाई सरुवा गरिएकाे हाे ।
निर्वाचन आयोगमा समेत सचिवको रूपमा काम गरेका दुवाडीसँग मधेश प्रदेशको प्रमुख सचिवको रूपमा समेत काम गरेको अनुभव छ ।
गृह सचिवमा गोकर्णमणि दुवाडीको सरुवा
राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारीको रूपमा रहेका दुवाडीलाई बिहीबार साँझ बसेको मन्त्रिपरषद् बैठकले गृहमा सरुवा गरेको हो ।

