गण्डकी प्रदेशको उपसभामुखमा बडिगाडकी थापा निर्वाचित

थापाले एमालेका २२, माओवादीका ७, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको १ गरी ३२ मत प्राप्त गरेकी थिइन् । उपसभामुखमा निर्वाचित थापाले आजै सपथ ग्रहण गरेकी छन् ।

गण्डकी प्रदेशको उपसभामुखमा बडिगाडकी थापा निर्वाचित
बागलुङ । गण्डकी प्रदेशसभाको उपसभामुखमा बागलुङकी बिना थापा निर्वाचित भएकी छन् । नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित बागलुङकी थापाले ३२ मत ल्याएर निर्वाचित हुँदा कांग्रेस उम्मेदवार पार्वती तामाङले २६ मत प्राप्त गरिन् । थापालाई सत्तारुढ गठबन्धनका सांसदहरुको समर्थन थियो । थापाले एमालेका २२, माओवादीका ७, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको १ गरी ३२ मत प्राप्त गरेकी थिइन् । उपसभामुखमा निर्वाचित थापाले आजै सपथ ग्रहण गरेकी छन् । गण्डकी प्रदेशसभाको सभामुखमा ३० पुसमा माओवादी केन्द्रका सांसद कृष्ण धिताल निर्वाचित भएका थिए ।