अब प्रत्येक महिना विद्यार्थी भिसाका लागि नयाँ 'अप्वाइन्टमेन्ट' खोल्दै अमेरिकी दूतावास

अमेरिकी दूतावासहरुमा भिसा अप्वाइन्टहरु पाउन निकै लामो समय कुनुपर्ने बाध्यता रहेको अवस्थामा अमेरिकी दूतावास काठमाडौंले त्यसलाई सहज बनाउन नयाँ योजना ल्याएको हो ।

अब प्रत्येक महिना विद्यार्थी भिसाका लागि नयाँ 'अप्वाइन्टमेन्ट' खोल्दै अमेरिकी दूतावास
काठमाडौं । सेप्टेम्बरदेखि अमेरिकी दूतावास काठमाडौंले हरेक महिना विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट स्टलहरु खोल्ने घोषणा गरेको छ । प्रत्येक महिनाको एक मितिमा नयाँ विद्यार्थी भिसा अप्वाइनटमेन्टका स्लटहरु खोल्ने र ती मितिहरू अग्रिममा घोषणा गर्ने दूतावासले जनाएको छ । पहिलो मिति सेप्टेम्बर ४ मा रहेको छ, अर्थात् सेप्टेम्बर ४ मा विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट स्टलहरु खोलिने भएको छ । अमेरिकी दूतावासहरुमा भिसा अप्वाइन्टहरु पाउन निकै लामो समय कुनुपर्ने बाध्यता रहेको अवस्थामा अमेरिकी दूतावास काठमाडौंले त्यसलाई सहज बनाउन नयाँ योजना ल्याएको हो । विगतमा पनि अमेरिकी दूतावासले बेलाबेलामा भिसाका अतिरिक्त नयाँ अप्वाइन्टमेन्ट स्टलहरु खोल्दै आएपनि मासिक रुपमा नियमित भने गरेको थिएन । दूतावासले आवेदकको चापलाई मध्यनजर गरेर बेलाबेलामा विदाको दिन आइतबार समेत भिसा अन्तरवार्ता लिने गरेको थियो । अमेरिकी दूतावास काठमाडौंमा भिजिटर र विद्यार्थी भिसाका लागि अप्वाइन्टमेन्ट पाउन औषतमा १० महिना कुनुपर्ने बाध्यता रहेको छ । तर विद्यार्थी भिसाका लागि १० महिनापछिको अप्वाइन्टमेन्ट लिंदा पढाई छुट्ने समस्या भएकाले उक्त अवधिलाई घटाउन दूतावासले नयाँ कदम चालेको छ । २०२५ मा अमेरिका अध्ययनका लागि आउन चाहनेहरुले अब सेप्टेम्बरदेखि अतिरिक्त भिसा अप्वाइन्टमेन्ट स्लटबाट फाइदा लिन सक्ने भएका छन् ।