एजेन्सी । अमेरिकाको जर्जियास्थित एक हाई स्कुलमा भएको गोली प्रहारमा परी चार जनाको मृत्यु भएको छ । उक्त घटनामा परी ९ जना घाइते भएका छन् ।
प्रहरीले यो घटनामा एक जना १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । उनी त्यही विद्यालयका विद्यार्थी हुन् ।
जर्जियाको जाँच एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ- बुधबार भएको यो घटनामा मृत्यु हुनेहरूमध्ये दुई जना विद्यार्थी हुन् भने दुई जना शिक्षक हुन् ।
गोलीबारीको खबर पाएपछि प्रहरी स्कुलमा पुगेको थियो । त्यसपछि आक्रमणको आरोप लागेका ती बालकले आत्मसमर्पण गरेका थिए भने जमिनमा सुतेका थिए ।
प्रहरीका अनुसार पक्राउ परेका ती विद्यार्थीमाथि अब वयस्कहरूलाई जस्तै कानुनी प्रक्रिया अघि बढाइने छ । गिरफ्तार भएका व्यक्तिको पहिचान कोल्ट ग्रेको रूपमा गराइएको छ, जो कि सोही स्कुलमा पढ्छन् ।
अमेरिकाको स्कुलमा गोली चल्दा चार जनाको मृत्यु
जर्जियाको जाँच एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ- बुधबार भएको यो घटनामा मृत्यु हुनेहरूमध्ये दुई जना विद्यार्थी हुन् भने दुई जना शिक्षक हुन् ।