बागलुङ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा शिकारको याम सुरु भएको छ । शिकार सुरु हुनुअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार गराउन इच्छुक संघसंस्थाका लागि बोलपत्र आव्हान गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ को पहिलो सिजनका लागि १२ वटा नाउर र ८ वटा झारलको शिकार गर्न बोलपत्र आव्हान गरेको हो । विभागका व्यवस्थापन अधिकृत पेम्बा शेर्पाका अनुसार टेण्डरको म्याद १५ दिनको हुन्छ र सबै प्रक्रिया पूरा गरिसकेपछि असोजदेखि शिकार सुरु हुन्छ ।
‘शिकारको लागि प्रक्रिया सुरु भयो,’ व्यवस्थापन अधिकृत शेर्पाले भने, ‘सबै प्रक्रिया पूरा गर्न २५ दिन जति लाग्छ । त्यसपछि हामीले निश्चित ब्लक भित्र शिकार खेल्न पाउने अवधि तोकिदिन्छौं ।’
सबैभन्दा बढी रकम कबोल गरेको आधारमा शिकार गराउने संघसंस्था छनोट गरिन्छ । टेण्डर हात पारेको संघसंस्थाले शिकारमा सोख भएका विदेशी पर्यटकलाई शिकार खेल्न ढोरपाटन लैजान्छ । हालसम्म शिकार खेल्नेहरु विदेशी पर्यटकहरु मात्र रहेको विभागका व्यवस्थापन शाखा प्रमुख शेर्पा बताउँछन् ।
ढोरपाटन क्षेत्रमा हरेक वर्ष पहिलो सिजन (असोज(मंसिर) र दोस्रो सिजन (फागुन वैशाख)मा शिकार हुँदै आएको छ ।
ढोरपाटनमा नाउर र झारलकाे शिकारका लागि खुल्यो बोलपत्र
नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा शिकारको याम सुरु भएको छ । शिकार सुरु हुनुअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार गराउन इच्छुक संघसंस्थाका लागि बोलपत्र आव्हान गरेको छ ।

