काठमाडौंको तारकेश्वरमा १२ वर्षीय बालकलाई खोलाले बगायो

मंगलबार साँझ लोलङ तरकारी बजार नजिकैबाट खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

काठमाडौंको तारकेश्वरमा १२ वर्षीय बालकलाई खोलाले बगायो
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा एकजना बालक बेपत्ता भएका छन्। मंगलबार साँझ लोलङ तरकारी बजार नजिकैबाट खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। साँझ ६ बजेतिर खोलाले बगाउँदा तामाङ बेपत्ता भएका र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।