बालेनले भने– पोस्ट गलत भए मलाई समाऊ, हैन भने दोषी समाऊ

त्यसप्रति जवाफ दिँदै उनले भनेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार। म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ,’ मेयर बालेनले भनेका छन्।

बालेनले भने– पोस्ट गलत भए मलाई समाऊ, हैन भने दोषी समाऊ
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफू गलत हो भने पक्राउ गर्न चेतावनी दिएका छन्। मंगलबार दिउँसो सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेयर शाहले आफ्नो फेसबुक पोस्ट हटेकोबारे संक्षिप्त टिप्पणी गरेका छन्। दुई दिनअघि नेकपा एमालेकी सांसद रेखा शर्माबारे मेयर बालेनले लेखेको स्टाटस फेसबुकले हटाएको थियो। त्यसप्रति जवाफ दिँदै उनले भनेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार। म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ,’ मेयर बालेनले भनेका छन्। लुम्बिनी प्रदेश सांसद शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएकोमा किन पक्राउ नगरेको भन्दै प्रश्न गरेका थिए। ती बालिकालाई कुटपिटसमेत गर्दै आएको विषयमा २ महिनादेखि महानगरले आग्रह गर्दा पनि सरकारले कारबाही नगरेको भन्दै बालेनले आपत्ति जनाएका थिए। निकै चर्चामा रहेको यस विषयमा मेयर बालेनले लेखेको स्टाटस अहिले उनको वालमा देखिँदैन। मेयर शाहको सचिवालयका अनुसार, उक्त स्टाटस आफूहरूले नभइ फेसबुकले नै हटाएको हो। धेरै रिपोर्ट भएपछि हटेको उक्त स्टाटसबारे शाहले सचिवालयमार्फत स्पष्टीकरण दिँदै भनेका थिए, ‘धेरै रिपोर्ट भएर हटाएको रहेछ। रिकभरका लागि प्रयास भइरहेको छ।’