प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स आपसमा गाभिने

यी तीन कम्पनीहरू गाभिने गरी सहमति भएकाले हिजो ९माघ १० नेपाल बीमा प्राधिकरणका अध्यक्ष श्री सूर्यप्रसाद सिलवालको उपस्थितिमा भएको कार्यक्रममा अन्तिम सम्झौता भएको थियो । यी तीनै लाइफ इन्स्योरेन्सको समान शेयर अनुपात कायम रहने जनाइएको छ।

प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स आपसमा गाभिने
काठमाडौं । प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स आपसमा गाभिने भएका छन् । गाभिने प्रक्रियामा रहेकोमा यी तीन वटा कम्पनीको डीडीए गर्ने कार्य सम्पन्न भएको कम्पनीहरूले जनाएका छन्। यी तीन कम्पनीहरू गाभिने गरी सहमति भएकाले हिजो ९माघ १० नेपाल बीमा प्राधिकरणका अध्यक्ष श्री सूर्यप्रसाद सिलवालको उपस्थितिमा भएको कार्यक्रममा अन्तिम सम्झौता भएको थियो । यी तीनै लाइफ इन्स्योरेन्सको समान शेयर अनुपात कायम रहने जनाइएको छ। मर्जरपछि कम्पनीको सञ्चालक समितिको अध्यक्षमा श्री सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा श्री मनोजकुमार लाल कर्ण रहने सम्झौता भएको छ । मर्जर भएपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ । कम्पनीको मर्जरलगायत काम नियमित गरी कर्मचारी व्यवस्थापन र शाखाहरूको व्यवस्थापनसम्बन्धी कार्यलाई बढाउने र समग्रमा एकीकृत कारोबार यथाशक्य शुरू गर्नेसमेत सहमति भएको छ ।