'नोट' लेखेर युवतीले फालिन् बागमती नदीमा हाम

रुकुमको मुसिकोट घर भएकी शर्मा बालकुमारीमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । आफ्नाबारेमा लेखिएको केही नोटसहित शर्माको ब्याग र मोबाइलसमेत फेला परेको प्रहरीले जनाएको छ ।

'नोट' लेखेर युवतीले फालिन् बागमती नदीमा हाम
फाइल तस्बिर काठमाडौं । ललितपुरको च्यासलस्थित दोभान पुलमाथिबाट एकजना किशोरीले बागमती नदीमा हाम फालेकी छन् । आइतबार साँझ ७ बजेको समयमा अन्दाजी वर्ष २० की अञ्जली शर्माले हाम फालेको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । रुकुमको मुसिकोट घर भएकी शर्मा बालकुमारीमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । आफ्नाबारेमा लेखिएको केही नोटसहित शर्माको ब्याग र मोबाइलसमेत फेला परेको प्रहरीले जनाएको छ । शर्माको खोजी कार्य भइरहेको प्रवक्ता सुवेदीले बताए ।