काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एमालेकी प्रदेश सांसद रेखा शर्मालाई किन नसमाएको भन्दै प्रश्न गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमा लेख्दै शाहले सांसद शर्मालाई अदालतले समेत समाउन आदेश दिँदासमेत किन नसमाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका हुन् ।
उनले प्रधानमन्त्रीलाई भने, तपाईंको सुशासन बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला ?
शर्माले विगत ८ वर्षदेखि एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा र कुटपिट गरेको आरोप छ । अदालतले समेत शर्मालाई समाएर आवश्यक मुद्दा अगाडि बढाउन भनिसकेको छ ।
बालेनको प्रधानमन्त्रीलाई प्रश्न-नाबालिकालाई हिंसा गर्ने सांसद रेखा शर्मालाई कहिले समाउनुहुन्छ ?
उनले प्रधानमन्त्रीलाई भने, तपाईंको सुशासन बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला ?

