ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेर गम्भीर घाइते भएकी बिरामीको उपचारका क्रममा मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर ८ की ६४ वर्षीया पुनमाया तामाङ अस्पतालको ए ब्लकको तेस्रो तलाबाट भुइँमा हामफालेकी थिइन्।
शनिबार तेस्रो तलाबाट हामफालेकी उनी गम्भीर घाइते भएकी थिइन्। उनलाई अस्पतालकै आइसियुमा राखेर उपचार गराइएकोमा आइतबार बिहान मृत्यु भएको चिकित्सकहरूलाई उद्धृत गर्दै एसपी नरेशराज सुवेदीले जानकारी दिए।
क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेकी बिरामीको मृत्यु
काठमाडौं महानगरपालिका वडा नम्बर ८ की ६४ वर्षीया पुनमाया तामाङ अस्पतालको ए ब्लकको तेस्रो तलाबाट भुइँमा हामफालेकी थिइन्।