युवतीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा गाउँपालिका कर्मचारीसहित तीन जना पक्राउ

स्थानीयका अनुसार डेढ साताअघि गाउँकै तीन व्यक्तिले ती किशोरीलाई तालिममा सहभागी गराउने भन्दै होटलमा पुर्‍याएका थिए ।

युवतीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा गाउँपालिका कर्मचारीसहित तीन जना पक्राउ
काठमाडौं । तालिममा सहभागी गराउने जनाएर होटेलमा पुर्‍याएर सामूहिक बलात्कारको आरोपमा प्रहरीले रुपन्देहीको कोटहीमाई गाउँपालिकाका तीन युवालाई पक्राउ गरेको छ । स्थानीयका अनुसार डेढ साताअघि गाउँकै तीन व्यक्तिले ती किशोरीलाई तालिममा सहभागी गराउने भन्दै होटलमा पुर्‍याएका थिए । युवतीका आफन्तका अनुसार झुक्याएर होटलमा पुर्‍यााएपछि बन्धक बनाएर तीन जनाले बलात्कार गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मनोहर भट्टले शनिबार पीडितको जाहेरी प्राप्त भएपछि आरोपित तीन जनालाई पक्राउ गरिएको जनाए । स्थानीयका अनुसार गत भदौ ५ गते कोटहीमाई–६,का मुकेश चौधरी (कुर्मी)ले तालिममा सहभागी गराउने भन्दै युवतीलाई मोटरसाइकलमा राखेर होटेलमा पुर्‍याएका थिए । त्यसपछि भैरहवानजिकै बनगाईमा रहेका कोटहीमाई–५, का मुकेशकुमार चौधरी (कुर्मी) र कोटहीमाई–३, का शैलेशकुमार पाण्डे पनि उक्त होटेलमा पुगेका थिए । युवतीका आफन्तले ती युवाले लुम्बिनीको एक होटेलमा पुर्‍याएर बन्धक बनाएर बलात्कार गरेको आरोप लगाएका छन् । होटेलमा पुर्‍याएपछि अरु सहभागी नदेखेर युवतीले घर फर्किने जनाएपछि युवाहरूले अन्य सहभागी आउँदै भनेर अल्झाएको युवतीका आफन्तले बताए । भदौ ६ गते बिहान मुकेशले नै युवतीलाई गाउँनजिक ल्याएर छाडेका थिए । ‘लोकलाजले गर्दा घटना लुकाएकी रहिछन्,’कोटहीमाईका एक स्थानीयले भने,‘दुई दिनअघि मात्रै गुप्ताङ्गबाट धेरै रगत बगेपछि घटना खुल्यो, अहिले युवतीको उपचार गराइएको छ ।’ स्थानीयका अनुसार मुकेश कोटहीमाई गाउँपालिकाका शिक्षा प्राविधिक सहायक हुन् ।